राजनीतिसमाचार

प्रधानमन्त्री ओलीको विरुद्ध हुम्लामा पनि राके जुलुस

Share

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध हुम्लामा पनि राके जुलुस निकालिएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनको मिति समेत तोकिएपछि सो कदमको बिरोध गर्दै नेकपा हुम्लाका युवाले राके जुलुस निकालेको हो ।

राके जुलुस सिमकोट बजार एर्पोट चोक हुँदै लोकतान्त्रि चोकी हुँदै काली चोकसम्ममा जुलुस समापन हुँदै भ्रष्ट सरकारको नाईके केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा सडकमा उत्रीएको नेकपा जिल्ला सचिवालय सदस्य तथा सिमकोट गाउँपालिका सह–इन्र्चाज महेन्द्र बहादुर शाही (अविराम)ले बताए । उनले केपी ओलीको कदमका विरद्धमा आफूहरु सस्फुत रुपमा सडकमा उत्रीएको बताए ।

उनले राजाको जसरी प्रस्तुत भएका केपी शर्मा ओलीको कदम नसच्चिए सम्म विरोध जारी राख्ने बताए । सर्केगाढ गाउँपालिका सह–इन्र्चाज छवि थापाले जनताले दिएको अभिमतमा केपी ओलीले लात हान्ने काम गरेकाले आफूहरु त्यसको विरुद्धमा सडकमा उत्रीएको बताउनु भएको छ । उनले आगामी दिनमा जनतालाई दिएका वचन गुम्न नदिने प्रतिवद्धता गरे । जनप्रतिनिधी, नेता तथा कार्यक्रता जुलसमा सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *