कर्णाली प्रदेशफिचरराजनीतिसमाचार

मुख्यमन्त्री राजकुमार शर्माले दिए राजीनामा

Share

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री शर्माले बुधबार प्रदेश सभा समक्षा राजीनामाको घोषणा गरेका हुन्।

राजीनामाको घोषणा गर्दै उनले संघमा गठबन्धन परिवर्तन हुँदा त्यसको असर प्रदेशमा पर्ने प्रवृत्तिले संघीयता कमजोर हुने बताए।

‘केन्द्रीय सत्तामा आएको परिवर्तनले गर्दा मेरो नेतृत्वमा रहेको सरकारमा सहभागी दललेसमेत फिर्ता लिएको संवैधानिक प्रक्रियाअनुरूप मैले विश्वासको मतका लागि अगाडि बढिरहेको सन्दर्भमा प्रदेश सरकारको निरन्तरता नदिने तथा विश्वासको मतसमेतका लागि अनुरोध गर्न नसकिने परिस्थिति उत्पन्न भयो,’ उनले भने, ‘यसले सत्ताको खेललाई उदाङ्गो बनाएको छ। प्रदेश सरकारको स्थिरताबिना समृद्धि सम्भव छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *