प्रदेश समाचारफिचरसमाचार

वीरेन्द्रनगरबाट छिन्चु जाँदै गरेको स्कार्पियो र भ्यान ठोक्किदा ११ जना घाइते

Share

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चु जाँदै गरेको स्कार्पियो र भ्यान एकआपसमा ठोक्किदा ११ जना घाइते भएका छन् । आज दिउँसो भेरीगंगा नगरपालिकाको पैसँठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकआपसमा ठोक्किएका हुन् । ?

छिन्चुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१०१७१ नम्बरको स्कार्पियो र विपरित दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकआपसमा ठोक्किएका थिए ।
घाइतेहरुको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ र पहिचान नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक हवल्दार सुनिता विकले जानकारी दिइन् ।

स्कार्पियोका चालक भने फरार रहेका छन् । घटना के कसरी भएको भन्नेबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *