अन्य

हुम्लाका रिन्जिन ‘फ्यूचर फर नेचर अर्वाड- २०२४’ बाट सम्मानित

Share

हुम्ला- हुम्लाका रिन्जिन फुन्जोक लामा ‘फ्यूचर फर नेचर अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। सिमकोट गाउँपालिका – ३ का स्थायी बासिन्दा रिन्जिन समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा दोस्रो पटक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।

उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उनलाइ अवार्ड प्रदान गरिएको हाे ।

रिन्जिन लामो समयदेखी जंगली जनावर र मानब समाजबीचको द्वन्द्व न्युनिकरणमा लाग्दै आएपछि सन् २०१४ देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न रहेका छन् ।

नेपालसहित विभिन्न देशका २ सय ५० जना मध्येबाट हुम्लाका लामासहित तीन जना पुरस्कृतको नाम फ्युचर एन्ड नेचर फाउन्डेसन नेदरल्याड्सले सार्वजनिक गरेको छ। लामा लामो समयदेखि जंगली जनावर र मानव समाजबीचको द्वन्द्व न्यूनीकरणमा लाग्दै आएका थिए।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गर्नुभएका उहाँले गएको वर्ष विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) को विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पनि पाएका थिए ।

उनी सन् २०१४ देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न छन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका उनले गत वर्ष विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) को विश्व चर्चित ‘रोलेक्स अवार्ड’ पनि पाएका थिए।

संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्वभरका व्यक्तिबाट छनोट गरी सोही फाउन्डेसनले लामो समयदेखि अवार्ड प्रदान गर्दै आएको छ।

हुम्लाका लामा यो अवार्ड प्राप्त गर्ने पहिलो नेपालीका रुपमा रहेका छन्। हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि रिञ्जिनले जनचेतना अभियान र स्थानीयको सहभागिताका लागि विशेष काम गर्दै आएका छन्।

संरक्षणका अभियानमा उनले विशेष गरी महिलाको सहभागितालाई जोड दिँदै आएका छन्। लामाले जिल्लामा भएको लोपोन्मुख वन्यजन्तुको संरक्षण र प्रवद्र्धनमा समेत योगदान दिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *