कर्णाली प्रदेशखेलकुदसमाचार

प्रदेशस्तरिय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा हुम्ला र जुम्ला भिड्ने पक्का

Share

जुम्ला। कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा हुम्ला र जुम्लाको टिम भिडने पक्का भएको छ। 

बिहीबार भयको सेमिफाइनलका दुई खेलमा विजयी भएका हुम्ला र जुम्लाको  टिम फाइनल प्रवेश गरेका हुन्।

पहिलो खेलमा पेनाल्टी सुटआउटमा सुर्खेतलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले हराउदै जुम्ला फाइनलमा पुगेको हो।

यता दोस्रो खेलमा कालीकोटलाई दुई–एक गोलअन्तरले हराउँदै हुम्लाले पनि फाइनल यात्रा पक्का गरेको हो। हुम्लाका जर्सी नम्बर ६ का खेलाडी सागर शर्मा र जर्सी नम्बर १४ का शिव रावलले गोल गरेका थिए। कालिकोटले भने पहिलो हाफमा एक गोल गरेको भय पनि खेलको निर्धारित समयसम्म थप गोल गर्न नसकदा सेमिफाइनलमा रोकियो।  

उक्त प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता जुम्ला सदरमुकाम खलंगामा भैरहेको छ। प्रतियोगितामा जुम्ला, कालिकोट, हुम्ला, सुर्खेत, जाजरकोट र मुगु जिल्लाबाट खेलाडीहरु सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *