अन्य

सुर्खेतकाे मंगलगढी चोकमा आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययन गरिने

Share

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा आकाशे पुलको निर्माण गरिने भएको छ ।

आइतबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आकाशे पुल निर्माणबारे जानकारी गराएका हुन् । उनले सम्भाव्यताका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने बताए । 

साथै वीरेन्द्रनगरका सडकहरुमा ट्राफिक बत्तीको व्यवस्थापन गर्नुका साथै प्रदेश सरकार तथा स्थानीय तहको सहकार्यमा आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *