फिचरराजनीतिसमाचार

प्रधानमन्त्रीलाइ विश्वासको मत दिन एमाले अध्यक्ष ओलीकाे निर्देशन

Share

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले अाफ्नाे पार्टी सांसदहरुलाई भाेली प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्दशन दिएका छन् ।

पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाइ अहिले विश्वासको मत दिनु नै उत्तम रहेकाे बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’

यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए । ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ’ उनले भने, ‘यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’

अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *