फिचरराजनीतिसमाचार

बालेन शाहले गरे राष्ट्रियसभा मतदान बहिस्कार

Share

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् ।

कार्यव्यवस्ताका कारण मतदानमा नगयको मेयर शाह को सचिबालयले जनायको छ। एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् । 

यस्तै हाम्रो पार्टीका दुई जना प्रदेश सांसदले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने बताएका छन् ।

बागमती प्रदेशका ४ सिटका  ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका  घनश्याम रिजाल भिड्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *