प्रदेश समाचारसमाचार

विकट हुम्लाकी स्टाफ नर्स सुस्मिता बोहरालाई हेल्थ अवार्ड

Share

काठमाण्डौ । विकट हुम्ला जिल्ला सिमकोट गाउँपालिका अन्तर्गतको सामुदायिक स्वास्थ्य इकाइ चौगानफयामा कार्यरत स्टाफ नर्स सुस्मिता बोहरालाई स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० बाट सम्मानित गरिएको छ।


दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्रमा प्रभावकारी योगदान पुर्याएको भन्दै मातृमृत्यु न्यूनीकरण विधामा स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान गरिएको हो।उपचार मात्रै नभई कतिपय अवस्थामा टाढा घर भएका बिरामीको उनले खाने र बस्ने समेत प्रबन्ध गर्ने गरेकी छन् भने स्रोतसाधनको अभाव रहेको ठाउँमा बसेर आमा र बच्चाको ज्यान जोगाउनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा स्टाफ नर्स बोहरालाई अवार्ड प्रदान गरेका हुन्।

अवार्ड वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनौट समिति बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *