फिचरसमाचारसूचना-प्रविधि

बिद्यार्थी आन्दोलन पछि अनलाइन प्रणालीमा जाने त्रिवि परिक्षा नियन्त्रकको प्रतिबधता सार्बजनिक

Share

काठमाण्डौँ । बिद्यार्थी आन्दोलन पछि मंगलबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रकाशित गर्दै माघ १५ गते अनलाइनबाट शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने घोषणा गरेका हुन् ।

परीक्षा नियन्त्रण कार्यालयको सेवा छिटो, छरितो बनाउन दुई सातादेखि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी यूनियनले दबाबमूलक कार्यक्रम गर्दै आएको छ । बिधार्तिले  सहमति, सम्झौताभन्दा पनि माग पूरा भएको ग्यारेन्टी भएमात्र धर्नालगायत विरोध र आन्दोलनको कार्यक्रम फिर्ता लिने जनाएका छन ।

मंगलबार बसेको केन्द्रीय परीक्षा सञ्चालक समिति बैठकले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट समेत दिइने सुविधा अनलाइन माध्यमबाट हुने निर्णय गरेको थियो । ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपी र त्रुटि सच्याउने कामसमेत अनलाइन आवेदन दिएर गर्न सकिने परीक्षा नियन्त्रकले प्रतिबद्धता जनाएका छन् ।

शुल्कसमेत अनलाइन माध्यमबाटै भुक्तानी गर्न सकिने सूचनामा उल्लेख छ । अनलाइन प्रणालीसम्बन्धी विस्तृत विवरण माघ १० गते सार्वजनिक गरिने समेत कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *