फिचरराजनीतिविजनेससमाचार

दोस्रो दिन पनि महानगरविरूद्ध व्यवसायीको प्रदर्शन

Share

काठमाडौं – काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको ‘नो पार्किङ’ विरुद्ध व्यवसायीले बुधबार पनि आन्दोलन गरेका छन् ।

मंगलबारदेखि महानगरले न्युरोडका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो । त्यसले व्यवसायमा असर पर्ने भन्दै महानगरविरुद्ध मंगलबार पनि व्यवसायीले आन्दोलन गरेका थिए ।

आर्थिक मन्दीका बेला व्यवसायीलाई मार पर्ने गरी  नो पार्किङ’ गरेको भन्दै व्यवसायीले सटर बन्द गरेर आन्दोलन गरे पनि महानगर प्रहरीले सडकमा रोकेका सवारीसाधन उठाएको थियो ।

महानगरले निर्णय फिर्ता नलिए निरन्तर आन्दोलन गर्ने चेतावनी व्यवसायीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *