प्रदेश समाचारफिचरविजनेससमाचार

वीरेन्द्रनगरका होटलहरुको स्तरिकरण, २ होटलले पाए अतिउत्तम ‘३ स्टार’को लोगो

Share

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेका विभिन्न होटलहरुको खाद्य स्वच्छताका आधारमा स्तरिकरण गरिएको छ । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आइतबार, सोमबार र मंगलबार वीरेन्द्रनगरका होटलको स्तरिकरण गरेको हो ।

होटलहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण चिन्ह पनि प्रदान गरिएको छ । ५० वटा खाद्य स्वच्छताका विभिन्न सूचकहरुमा गरिएको स्तरिकरणमा होटलहरुलाई अतिउत्तम (३ स्टार), उत्तम (२ स्टार), सन्तोषजनक (१ स्टार) र समान्यमा बर्गिकरण गरिएको छ । साथै धेरैजसो होटलहरुले न्यूनतम सूचक पनि पुरा नगरेको अनुगमनमा पाईएको छ । होटल स्तरिकरण चिन्ह बिशेषतः होटलको भान्सा र होटलमा बन्ने बिभिन्न खाद्य परिकारको स्वच्छताको आधारमा प्रदान गरिएको थियो ।

वीरेन्द्रनगरका ३३ होटलमा खाद्य स्वच्छताका विभिन्न ५० सूचकहरुमा गरिएको अनुगमनमा सिदार्थ होटल र सुभ होटलले अतिउत्तम (३ स्टार) प्राप्त गरेका छन् । यस्तै कौशिक गार्डेन रेष्टुरेन्ट, होटल नमस्ते, होटल भ्याली भ्यू, र सेफ च्वाइस रेष्टुरेन्ट एण्ड पिजा हर्टले उत्तम (२ स्टार) प्राप्त गरेका छन् । साथै १० होटलहरु सन्तोषजनकमा परेका छन् ।

वीरेन्द्रनगरका ३३ होटलहरुमा अनुगमन गर्दा ८ होटलहरु सामान्य र १० होटलहरु स्तरिकरणमा नै नपरेको पाइएको छ । धैरैजसो होटलहरुले न्यूनतम सूचकहरु पनि पुरा नगरेको होटल स्तरिकरणको तथ्याङ्कमा देखिएको छ ।

होटल स्तरिकरणमा भान्सा तथा खाद्य परिकारको स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समय निरन्तर अनुगमनका कारण होटलहरुमा स्वच्छताका सूचकहरुमा वृद्धि भईरहेको बताए ।

स्तरिकरणमा नपरेका होटलहरुले सूचकहरु पुरा गरि स्तरिकरणका लागि १५ दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत सम्पर्क गर्न सकिने खाध्य अधिकृत पदम बरालले जानकारी दिएका छन् ।

होटल स्तरिकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापा, खाध्य अधिकृत पदम बराल लगायत होटेल ब्यवसाय संघ, वीरेन्द्रनगर नगरपालिका उद्योग नियम शाखा उद्यम विकास सहजकर्ता प्रतिभा थापा, रास्ट्रीय उपभोक्ता मञ्च, उपभोक्ता हित संरक्षण मञ्च, नगर प्रहरी र पत्रकारहरूको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *