समाचार

हुम्लाको दुई वटा गाउँहरु बाढीपहिरोले प्रभावित

Share

सुर्खेत । हुम्ला जिल्लाकाे सर्केगाड गाउँपालिकाका दुई वटा गाउँमा बाढी र पहिरोले क्षति भएका छन्। सर्केगाड गाउँपालिका –२ का रिप तथा वडा नम्बर ८ को राहदेउ गाउँमा वाढीपहिरोले क्षति गरेको हो।

वाढी पहिरोका कारण मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक, विजुली, खानेपानी लगायतका भौतिक संरचनामा क्षति पुगेको जनाईको छ। रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँमा भागाभग भएको थियो।

उक्त गाउँका करिव २० भन्दा वढि परिवालाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ। जलविद्युत आयोजनामा  क्षति भएपछि गाउ अन्धकार भएको थियो। सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *