प्रदेश समाचारफिचरसमाचार

कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्त्व बुझ्न सकेनन, “उपकुलपती डा रावल”

Share

जुम्ला। कर्णाली स्वास्थ्य बिज्ञान प्रतीस्ठानका उपकुलपती डा मंगल रावलले कुनै पनि सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्व बुझ्न नसकेको बतायका छन।


स्थानीय, प्रदेश र केन्द्र सरकार सबै सेन्टर मेकानिजम भएको सरकारले कर्णाली बुझ्न सकेको जस्तो नै लाग्दैन उनले भने आफु उपकुलपति भएपछि मात्र आन्तरिक छलफलहरु सबैसँग गरिसकेको बताय  यसअघिका प्रधानमन्त्रीदेखि अहिलेका प्रधानमन्त्री, पूर्वराष्ट्रपतिदेखि सबै राजनीतिक नेतृत्वहरु र मन्त्रीहरुसँग पनि व्यक्तिगत रुपमै गएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको महत्वलाई बुझि यसलाई राष्ट्रिय  गौरवको आयोजना बनाउन आग्रह गरेको तर कर्णालीलाई बुझ्ने राजनीतिक नेतृत्व नै नभेटियको उनले बताय।

स्वास्थ्य मन्त्रालयमा मन्त्री परिवर्तन भइरहने, कहिले मन्त्रीविहिन हुने भएकाले पनि उहाँहरुलाई कर्णाली बुझाउन सकिएको छैन। राजनीतिक अस्थिरतका कारण हाम्रो जस्तो विकासको क्रममा रहेको प्रतिष्ठानको स्तरोन्नतिमा असर परेको भन्दै सबैले निकायले ध्यान दिन पर्ने बतायका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *