राजनीतिसमाचार

कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्दा पाेखरामा स्थानीय र प्रहरीबीच झडप दर्जनौं घाइते ।

Share

पोखरामा मृत्यु भएका कोरना संक्रमितको शब ब्यवस्थापन गर्ने बिषयमा झडप भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमित बाट मृत्यु भएका ५५ बर्षिय पुरुषको शब पोखरा महानगरपालिका ३२ मजुवा स्थित सेती खोला छेउमा गाड्न लगेपछि स्थानियले अबरोध सृजना गरेका थिए ।
अबरोधकै क्रममा स्थानिय र प्रहरी प्रशासन बिच झडप भएको हो ।

झडपमा आधा दर्जन घाईते भएका छन भने घाईते एक को टाउकोमा गम्भीर चोट लागेको छ यस्तै अर्का एक स्थानियको गालामा गोलि लागेको स्थानियले बताएका छन् । झडप साम्य पार्न प्रहरीले करिब आठ राउण्ड हवाई फायरिङ्ग गरेको थियो ।

झडप पछि प्रहरीले मजुवा बस्तिका स्थानियको घर घरमा छापा मार्दै करीब दर्जन स्थानियलाई गिरफ्तार गरेको छ ।
झडपकै क्रममा स्थानियले स्कुटर, बाईक लगायतका सवारी साधन माथी ढुङ्गा मुडा गरेका थिए आक्रोशित स्थानियले करिब चार वटा मोटरसाईकल फुटाएका बुझिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *