कर्णाली प्रदेशखेलकुदप्रदेश समाचारफिचरसमाचार

सुर्खेतमा कर्णाली प्रदेशस्तरीय रेटिङ चेस प्रतियोगिता सुरु

Share

सुर्खेत । कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश स्तरिय कर्णाली कप रेटिङ्ग चेस प्रतियाेगिताकाे शुरू भयकाे छ ।कर्णाली प्रदेश खेलकुद परिषदकाे आर्थीक सहयाेग र नेपाल बुद्दिचाल महासंघकाे समन्वयमा कर्णाली प्रदेश बुद्दीचाल संघकाे आयाेजनामा बिरेन्द्रनगर सुर्खेतमा साे प्रतियाेगिता भईरहेकाे छ ।

कर्णाली प्रदेश स्तरिय कर्णाली कप रेटिङ्ग कप प्रतियाेगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूवाट खेलाडी तथा ब्यबस्थापकहरू सुर्खेत झरिसकेकाे र उक्त खेलाडीहरूलाइ बिरेन्द्रनगर सुर्खेतमा खान बस्न समेतकाे प्रबन्ध मिलाईसकेकाे अायाेजक सस्था कर्णाली प्रदेश बुद्दिचाल संघ सुर्खेतका अध्यक्ष मिस्टर कार्लमाक्स श्रेष्ठले बताए । साे प्रतियाेगिता २० देखि शुरू भई २२ गते समापन हुने अध्यक्ष श्रेष्ठले बताए,कर्णाली प्रदेशमा लुकेर रहेकाे प्रतिभालाई बाहिर ल्याउनु र आउदै गरेकाे दशाै राष्ट्रिय खेलकुदका लागिपनि खेलाडी तयार गर्ने उदेश्यले साे खेलकाे आयाेजना गर्न लागिरहेकाे श्रेष्ठले बताए ।
कार्यक्रम कर्णाली प्रदेश बुद्दिचाल संघ सुर्खेतका अध्यक्ष मिस्टर कार्लमाक्स श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे भने प्रमुख अतिथिकाे रूपमा सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारीकाे उपस्थितिमा  भएकाे थियाे ।

कार्यक्रममा बुद्दिचाल संघका कर्णाली प्रदेशका विभिन्न जिल्लाका बुद्दिचाल संघका अध्यक्ष पदाधिकारि र खेलाडीहरूकाे उपश्थिति रहेकाे थियाे,खेलमा विभिन्न जिल्लाबाट विभिन्न बिधामा एकासि जना खेलाडीहरूले सहभागिता जनाएका छन् कार्यक्रम बिरेन्द्रनगर सुर्खेत स्थित बगैचा कटेजमा सञ्चालन भईरहेकाे छ ।

कर्णाली प्रदेशस्तरीय ‘कर्णाली कप’ रेटिङ चेस प्रतियोगितामा १० वर्षदेखि ७२ वर्ष उमेर समूहसम्मका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको छ। प्रतियोगितामा कुल ८४ जना खेलाडी सहभागी भएका छन्।
प्रतियोगिताको कुल नगद पुरस्कार राशि २ लाख २९ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। विभिन्न उमेर समूहका खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *