राजनीतिसमाचार

चोलेन्द्र शमशेरलाई नजरबन्दमा राखेर सरकारले गलत गर्‍यो : शेखर कोइराला

Share

काठमाडौं – प्रमुख सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेर गठबन्धन सरकारले गलत गरेको टिप्प्णी गरेका छन । 

गृहजिल्ला मोरङ पुगेका उनले आइतवार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरु उनले निलम्बित प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेर उनको मानवअधिकार पनि उलंघन गरिररहेको बताए ।  कोइरालाले महाअभियोग लगाउने सांसदहरुको अवधि पनि सकिएकाले अब जबरा विरुद्धको आरोप पनि स्वत:  निष्क्रिय भएको तर्क गरे। 

‘महाअभियोग लगाउने सांसदहरूको अवधि सकिएको छ। त्यहीकारण महाअभियोग पनि स्वत: निष्क्रिय भइसकेको छ’, उनले भने, ‘संसदको आयु सकिएर निष्क्रिय भए जस्तै महाअभियोग पनि अब औचित्यहीन भइसकेको छ।’

प्रतिनिधिसभाको पाँच वर्षे आयु सकिएसँगै आफूमाथिमाको महाअभियोग निष्क्रिय भएको बताएर जबरा सर्वोच्चमा हाजिर हुन तयार थिए। 

तर उनी सर्वोच्च आउने थाहा पाएसँगै जबरालाई सरकारले केही दिन बालुवाटारस्थित निवासमै नजरबन्द गरेको थियो। त्यसपछि उनलाई सर्वोच्चबाहेक अन्त मात्रै जाने शर्तमा सुरक्षाकर्मी खटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *