फिचरबाग्मती प्रदेशसमाचार

सौर्यको ९ एन एएमई जहाज दुर्घटनामा

Share

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

banner

दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना थिए  सवार थिए । अहिले उद्दारको काम चलिरहेको छ ।

जहाज दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।

उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् ।

उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *