कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको सुभारम्भ तथा जानकारी कार्यक्रम सम्पन्न

Share

USAID को आर्थिक सहयोगमा चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको १ दिन परियोजना सुभारम्भ तथा सरोकारवालाहरुलाई जानकारी कार्यक्रम सम्पन्न भएकाे छ।


अमेरिकी सहयोग निकाय (USAID) को आर्थिक सहयोगमा संचालित USAID जल जंगल परियोजना अन्तरगत प्रो पब्लिकद्रारा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको चौकुने गाउपालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको १ दिन परियोजना सुआरम्भ तथा सरोकारवालाहरुलाई जानकारी कार्यक्रम सम्पन्न भएको छ।


चौकुने गाउपालिकाका उपाध्यक्ष श्री नर बहादुर वान्तोलाको अध्यक्षतामा २०८१ असार २६ गते सम्पन्न भएको कार्यक्रममा चौकुने गाउपालिका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिकामा कार्यरत कर्मचारी, USAID जल जंगल एबम प्रो पब्लिकका कर्मचारी एबम अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा सो पालिकामा संचालन हुने दिगो मत्स्य ब्यबस्थापन मार्फत जलिय परिस्थितिक प्रणालीमा सुधार परियोजनाको उदेश्य एबम क्रियाकलापहरुको बारेमा प्रो पब्लिकका महासचिब श्री प्रकाश दाहाल एबम कार्यकारी निर्देशक श्री बाबुराम पौडेलले प्रस्तुती गर्नु भएको थियो भने मत्स्य बिज्ञ श्री राजकपुर नापितले माछा एबम अन्य जलचरहरुको जलिय परिस्थितिय प्रणालीमा के कस्तो महत्व छ र यस लाई थप कसरी संरक्षण गरि दिगो संरक्षण गर्नुका साथै उपयोग गर्न सकिन्छ भनि सहभागी माझ प्रष्टाउनु भएको थियो ।


सोही कार्यक्रममा उपस्थित USAID जल जंगलका प्रतिनिधि श्री बिनोद कुमार शाहीले सम्रग USAID जल जंगलको जानकारी दिदै यस पालिका भित्र रहेका जैविक विविधता संरक्षणका लागि आगामी दिनमा गाउपालिकासंग थप सहर्काय एबम समन्वय गदै अधि बढ्ने प्रतिबद्दता ब्यतm गर्दै , हाल संचालन हुन गईरहेको यो परियोजना स्थानिय समुदाय, गाउपालिका, प्रो पब्लिक एबम अन्य सरोकारवालाहरुको समन्वयमा परियोजनाले लिएको लक्ष्य प्रात्ति गरि यसबाट यस क्षेत्र हरेका गरिब एबम बिपन्न समुदायका मानिसहरुले सकारात्मक लाभ लिन सफल रहुन भनि शुभकामना ब्यतm गर्नु भयो ।


कार्यक्रममा सम्रग पालिकाको तर्फबाट बोल्दै गाउपालिका उपाध्यक्ष नर बहादुर वान्तोलाले चौकुने गाउपालिका सुर्खेत जिल्लाको अन्य पालिकाको तुलनामा जलिय एबम अन्य जैविक विविधताको हिसाबले धनि भएता पनि सरोकारवालाहरुले उचित संरक्षणका क्रियाकलापहरु यस क्षेत्रमा कम संचालन गरेको हुनाले दिदानुदिन मासिदै गईरहेको र यसको उचित संरक्षणमा सबै लाग्नु आजको आबश्यकता भएको हुनाले अहिले सोही उदेश्यका लिएर यो परियोजना संचालन हुन गईरहेको हुनाले आफ्नो पालिकाका सम्र्पुण समुदाय, कमर्चारी एबम जन प्रतिनिधीहरुले यस परियोजना संचालनमा पुर्ण सहयोग गर्ने प्रतिबद्दता ब्यतm गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *