अन्तराष्ट्रियफिचरसमाचार

अफगानिस्तानमा भूकम्प जाँदा १२० जनाको मृत्यु, एक हजार बढी घाइते

Share

सुर्खेत । इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा करिव १२० जनाको मृत्यु भएको छ ।

शनिबार हेरात प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। इरानसँग सीमा जोडिएको सो क्षेत्रमा भूकम्पमा परी एक हजार भन्दा बढी घाइते भएका छन्।

भूकम्पका कारण कयौँ घरहरू ध्वस्त भएका छन्। पहिलो भूकम्पपछि तीनवटा शक्तिशाली परकम्प पनि रेकर्ड भएको जनाइएको छ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *