फिचरसमाचार

नेपालगञ्जमा इ रिक्सा एक्स्काभेटरले नष्ट गरियो

Share

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कागजपत्र नभएका र  अवैध रुपमा सञ्चालनमा रहेको भन्दै इरिक्सालाई एक्स्काभेटर लगाएर नष्ट गरेको छ ।

रिक्सा खरिद गरेको कागजपत्र नभएका र नगरपालिका लगायत स्थानीय तहमा दर्ता समेत नगरी सञ्चालन हुँदै आएका इरिक्साहरु नियन्त्रणमा लिइ त्यसमा लाग्ने ब्याट्री फिर्ता गरेर प्रहरी प्रशासनको रोबहरमा नगरपालिकाले ५ वटा इरिक्सा नष्ट गरेको हो ।

नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीले चेक गर्ने क्रममा कागजपत्र र दर्ता समेत नभएका सयौं इरिक्सा फेला परेका थिए ।

त्यस्ता इरिक्सालाई नियन्त्रणमा लिएर कागजपत्र लिएर आउन पटक पटक आग्रह गर्दा पनि महिनौंसम्म कागजपत्र पेश नभएका इरिक्सालाई फेरि चल्न नसक्ने गरी स्क्रयाच गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए ।

नगरमा अवैध रुपमा चल्दै आएका इरिक्सालाई नियन्त्रण गर्नका लागि पहिलो दिन ५ वटा इरिक्सा स्क्रयाच गरिएको र आगामी दिनका इरिक्सालाई व्यस्थापनलाई थप प्रभावकारी बनाउनका लागि नगरपालिकाले कडाईका गर्दै जाने नीति लिएको बोगटीले बताए ।

पछिल्ला केहि समयदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा इरिक्सालाई व्यवस्थापन गर्न नगर प्रहरीले ट्राफिक प्रहरीसँग सहकार्य गरेर काम गर्दै आएको छ ।

हालसम्म नगर प्रहरीले ६३१ वटा इरिक्सालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये इरिक्सा खरिद गरेको कागजपत्र पेश गरेका ५ सय ५५ वटा रिक्सालाई नगरपालिका लगायत स्थानीय तहमा दर्ता गरेर सञ्चालन गर्ने तर्तमा छाडेको थियो । अझै पनि प्रहरीको नियन्त्रणमा ७१ वटा इरिक्सा छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँके जिल्लामा करिब १० हजार इरिक्सा सञ्चालनमा छन । तर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा करिब ३ हजार मात्र दर्ता छन ।

अन्य छिमेकी स्थानीय तहहरुका केहि रिक्सा दर्ता भएको भए पनि अझै पनि ठुलो संख्यामा रिक्साहरु दर्ता नभई सञ्चालन हुदै आएका छन । पछिल्ला दिनहरुमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै ६÷७ हजार इ रिक्सा चल्ने गरेको अनुमान छ ।

इ रिक्साका कारण ट्राफिक व्यवस्थापन भद्रगोल बन्दै गएपछि यातायात कार्यालयसँग सहकार्य गरेर चालकहरुलाई लाइसेन्स बनाउन लगाउनेदेखि ट्राफिक नियमहरुका बारेमा जानकारी दिने लगायतका कामहरु भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाकेका प्रमुख प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *