कर्णाली प्रदेशप्रदेश समाचारफिचरविजनेससमाचारसूचना-प्रविधि

मुगुको गमगढीमा प्रभु बैंकको ३०६ औँ शाखा स्थापना

Share

सुर्खेत ।  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मंगलबारदेखि मुगु छायानाथ रारा नगरपालिका–२ मा स्थित गमगढीमा आफ्नो ३०६ औं शाखा सञ्चालनमा ल्याएको छ।

प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बनाउनका लागि बैंकिङ सेवा विस्तार गरिएको जनाएको छ ।

बैंकको गमगढी शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *