कर्णाली प्रदेशफिचरसमाचार

जनयुद्ध दिवसमा बिदा दिने सिमिकोट गाउपालिकाको निर्णय

Share

हुम्ला । हुम्लाको सिमिकोट गाउपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अबसरमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

आज एक सुचना जारी गर्दै सिमिकोट गाउपालिकाले फागुन १ गते मंगलबार गाउपालिका अन्तरगतका सम्पुर्ण कार्यलय हरु र बिधालयमा सार्बजनिक बिदा दिने निर्णय भयको जनायको हो।

गाउँपालिकाले सर्वोच्च अदालतको आदेशको विरुद्धमा सार्वजनिक बिदाको निर्णय गरेको हो । गाउँपालिकाले सर्वोच्चको आदेशलाई अटेर गरेर जनयुद्ध दिवसको अबसरमा सार्बजनिक बिदा दिन लागेको हो 

यश अघि केन्द्र सरकारले जनयुद्ध दिवसको अबसरमा बिदा दिने निर्णय गर्दा सर्बोच्च अदालत बाट उक्त निर्णय खारेज भयको थियो । सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्वन्द्वपीडितहरुको भावना चोट पर्नसक्ने भन्दै जनयुद्ध दिवसमा बिदा दिने निर्णय खारेज गरेको थियो।

सिमिकोट गाउपालिकाका अध्यक्ष बिजय भण्डारी भने नेकपा माओबादी केन्द्र बाट निर्बाचित जनप्रतिनिधि हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *