कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

इनार सफा गर्ने क्रममा सुर्खेतमा दुई जनाको मृत्यु

Share

सुर्खेत । सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका – ११ पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

उनीहरू सोही ठाउँका तोरण विकको इनार सफा गर्न गएका थिए । सफा गर्दा अक्सिजनको अभाव हुँदा बेहोस भएका उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *