खेलकुदफिचरसमाचार

दिनेशको अलराउन्ड प्रदर्शनले प्रधानमन्त्री कपमा कर्णालीको दोस्र जित

Share

भैरहवा । दिनेश अधिकारीले अर्धशतक र तीन विकेट लिएपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ। 

बुधबार भैरहवामा भएको खेलमा कर्णालीले घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गरेको छ।

कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १२४ रनमै अलआउट हुन पुग्यो। 

कर्णालीका लागि दिनेश अधिकारीले ६ ‍ओभरमा १ मेडन राख्दै ३ विकेट लिए। उनले १८ रन मात्र दिए। यस्तै अनुज चनरा र दिपेन्द्र रावतले २-२ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *