प्रथम केपी ओली रोड रेस प्रतियोगिता हुँदै
सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको आयोजनामा अन्डर १८ प्रथम केपी ओलि रोड रेस प्रतियोगिता हुन गइरहेकाे छ ।
प्रतियोगिता सुर्खेतकाे वीरेन्द्रनगरमा यहि फागुन ७ गते सोमबार बिहान ८ः०० बजे देखि सुरु हुनेछ।
महासंघका कर्णाली प्रदेश अध्यक्ष सुरज थापाले उक्त प्रतियोगितामा ३०० जना खेलाडीहरु सहभागी गराईने लक्ष्य राखिएको जसमा खुल्ला र महिला तर्फ छुट्टा छुट्टै प्रतिस्पर्धा हुने जानकारी िदनुभएकाे छ ।
खुल्ला तर्फ प्रथम पुरस्कार बीस हजार, दिर्तिय पुरस्कार दस हजार, तृर्तिय पुरस्कार पाँच हजार, चौथो पुरस्कार दुई हजार, पाँचौ पुरस्कार एक हजार र छैटौं देखि, दसौ सम्मलाई भने प्रमाणपत्रको ब्यबस्था गरिएको छ।
महिला तर्फ भने प्रथम पुरस्कार पन्ध्र हजार, दिर्तिय पुरस्कार आठ अजार, तृतीय पुरस्कार चार हजार, चौथो पुरस्कार दुई हजार, पाँचौ पुरस्कार एक हजार र छैटौं देखि दसौं सम्मलाई प्रमाणपत्रको ब्यबस्था गरिएको छ।
प्रतियोगितामा भाग लिनका लागि यहि फागुन ७ गते बिहान ७ बजे सम्म एमाले पार्टी कार्यलय सुर्खेतमा गइ आयोजक टिम संग सम्पर्क गर्नु पर्ने छ।
दोैडको रुट वीरेन्द्रनगर स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालय बाट प्रारम्भ भई घण्टाघर चोक, गणेश चोक, राजा चोक, यरी चोक, मंगलगडी चोक, दैलेख रोड चोक, क्याम्पस चोक हुदै नेकपा एमाले पार्टी कार्यालयमा समाप्त विन्दु रहनेछ ।