कर्णाली प्रदेशखेलकुदफिचरसमाचार

प्रथम केपि ओलि रोड रेस प्रतियोगिता आज सम्पन्न

Share

सुर्खेत । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको आयोजनामा अन्डर १८ प्रथम केपि ओलि रोड रेस प्रतियोगिता आज सम्पन्न भएको छ।

आज बिहान ८:०० बजे नेकपा एमाले जिल्ला पार्टी कार्यालय सुर्खेतमा नेकपा एमालेका स्थाइ कमिटी सदस्य यमलाल कडेलको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिताको सुभारम्भ भएको थियो ।

उक्त प्रतियोगितामा भाग लिनका लागि महिला र पुरुष गरि जम्मा सहभागी २०० जनाको उपस्थित रहेको थियो।

प्रतियोगितामा खुल्ला तर्फ सुर्खेतका अजय बिकले प्रथम स्थान हासिल गरेका थिए भने महिला तर्फ जुम्लाकी समिता बुढा प्रथम भएकि थिइन।

खुल्ला तर्फ प्रथम स्थान हासिल गर्ने अजय बिकले बीस हजार र महिला तर्फ प्रथम स्थान हासिल गर्न सफल समिता बुढाले पन्ध्र हजार पुरस्कार प्राप्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *