अन्यकर्णाली प्रदेशखेलकुदफिचरसमाचार

नेपाल खेलकुद महासंघको वडा कमिटी गठन

Share

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मा नेपाल खेलकुद महासंघको वडा कमिटी गठन भएको छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष सुरज थापाको प्रमुख आतिथ्यमा, सुभाष शाहीकाे अध्यक्षतामा १३ सदस्यीय कमिटी सर्वसम्मत रुपमा गठन गरिएको हो ।

प्रदेश कमिटीले पुर्णता पाए लगत्तै वडा कमिटीे विस्तार कार्य भइरहेको छ। यस अघि माघ महिनामा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को वडा कमिटी गठन भएको थियो ।


“खेलकुद विकासका लागि स्थानीय तह देखि केन्द्र सम्म भौतिक पुर्वाधार, व्यवसायिक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार ” भन्ने मूल मान्यतालाई आत्मासाथ गर्दै कर्णाली प्रदेशको स्थानीय स्तर देखी प्रदेश स्तर सम्म नेपाल खेलकुद महासंघले आफ्नो कमिटी गठन गरी खेलकुदको विकास र प्रवर्धनमा सहयोग पुर्याउने लक्ष्य राखेको छ ।

महासंघका कर्णाली प्रदेश अध्यक्ष थापाले आगामी दिनमा प्रदेशका सबै जिल्लाहरुमा जिल्ला तथा पालिका स्तरीय कमिटी गठन गरी गाउँ गाउँमा अवसरबाट बञ्चित रहेका प्रतिभावान खेलाडीहरुलाई खेल अवसर प्रदान गर्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम र क्षमतावान खेलाडी तयार गर्ने उद्देश्यका साथ महासंघ लागीपरेका जानकारी गराए ।

विविध विधाका खेलकुद तथा सामाजिक हितका कार्यहरु गर्दै आइरहेको महासंघले आगामी फागुन ७ गते सुर्खेतमा प्रथम केपी वली रोड रेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *