प्रदेश समाचारराजनीतिसमाचार

मन्त्री सुदन किराँतीको स्टन्ट्बाजी, हुम्ली जनतालाई दिए झुटो आश्वासन

Share

हुम्ला। नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो फेसबुक स्ट्याटस मार्फत हुम्ली जनतालाई झुटो आश्वासन दिएका छन। हिजो असोज २१ गते हुम्लामा जीप दुर्घटनामा परि  घाइते हुनेहरुको उद्दारका लागि आज आसोज २२ गते नेपाल बायुसेवा निगम को जहाज हुम्ला पठाएको भनी आफ्नो फसबूक मार्फत सर्बजनिक गरेपछी हुम्लामा नेपाल बायुसेवा निगम को कुनै अनि जहाज हुम्लाको सिमकोट एअर्पोर्ट अबतरण नगरेको हुँदा उनले हुम्ली जनता लाई झुटा आश्वासन दिएको भनि सामाजिक सन्जालमा सर्बत्र आलोचना भैरहेको छ।


मन्त्री किराँतीको फेसबुक मा लेखेका छन ” हिजो हुम्लामा भएको दु:खद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइतेहरुलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।”


स्थानिय बासी हिमाल लामाको अनुसार तीन जना गम्भीर घाइतेहरुलाई हिजो नै नेपाली सेनाको हेलिकप्टर बाट सुर्खेत अबस्थित प्रदेश अस्पताल ल्याइएको थियो र एक जना लाई आज तारा एअरलाइन्स को जाहज बाट ल्याइएको हो।
यसरी मन्त्री जस्तो गरिमामय अहोदाको ब्यक्तिले स्टन्ट्बाजि गरेको,  हावादारि गफ लगाएको, बोलिको ठेगान नभएको भनी सर्बत्र आलोचन खेप्नुपरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *