कर्णाली प्रदेशफिचरसमाचार

भोलि देखि सुरु हुँदै कर्णाली उत्सवको पाँचौँ संस्करण

Share

सुर्खेत । भोलि शनिवारदेखि कर्णाली उत्सव पाचौं संस्करणको भब्य सुरुवात हुन गइरहेको छ। कर्णाली उत्सवको पाँचौँ संस्करणको सम्पुर्ण तयारी पूरा भएको छ ।

आयोजक संस्था ऋति फाउण्डेशनले आज पत्रकार सम्मेलन गरि फागुन ५ गतेदेखि ७ गते सम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा सञ्चालन हुने कर्णाली उत्सव, कुडा कर्नालीकाको पाँचौँ संस्करणको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । पाँचौँ संस्करणमा विभिन्न १३ सेसन, ३ वटा पैकेलोको प्रस्तुती र हरेक दिन सांस्कृतिक साँझको आयोजना हुने छ ।

कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव । कुडा कर्नाली’का यसको मुख्य नारा रहेको छ । कुराकानीकै माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको हो ।

आयोजक संस्था ऋति फाउन्डेसनले कार्यक्रमको खर्च तथा आम्दानी विवरण लेखापरीक्षण गरी सार्वजनिक समेत गर्दै आएको छ । कर्णाली उत्सवको शीर्ष प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ ।

पहिलो दिन फागुन ५ गते पहिलो सेसन भूकम्पपछिको राहत उद्धार केन्द्रित ‘ईपिसेन्टर’, ‘संकट र सेवा’, जोखिम र ‘जुद्न्या जुक्ति’, दोस्रो दिन ‘कर्णाली: धरोहर-मनोहर’, ‘कर्णाली दृष्टि’, ‘कर्णाली क्याराभान’, ‘अपाङ्गता: पहुँच र पौरख’, ‘हाम्माे काली,हाम्मै कर्नाली’, ‘अन्तरजातीय विवाह: रहर र कहर’, र तेस्रो दिनमा ‘लाेकतन्त्र: दलभित्र, देशभित्र’, ‘देश जान्या’, ‘समाज र सङ्घर्ष’, ‘खस कुडा-खास कुडा: साैराई जिन्नगीकाे’, र अन्तिम सेसन ‘विकास अन्र्या,विकास खान्या’ गरि तीन दिनमा १३ वटा सेसन सञ्चालन हुने छन् ।

हरेक दिन एक/एक जना पैकेलोको रुपमा प्रस्तुत हुनुहुने छ भने साथै साङ्गीतिक साँझको आयोजना पनि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *