कर्णाली प्रदेशप्रदेश समाचारफिचरसमाचार

हुम्लामा खडेरीले कृषक चिन्तित

Share

हुम्ला। खडेरी (रुडो) का कारण जेठासी बाली नउम्रिदा सर्केगाड गाउँपालिकाका किसानहरु मर्कामा परेका छन्।

सर्केगाड ५ गोठीका स्थानिय बासिन्दा गगन शाहीले कात्तिक महिनायता खडेरीको कारण खेत बारिमा गहुँ बाली लगाउदै नलगायको र केही ठाँउमा छरेको गहुँ बीउ पनि खेर गयको बताए।

उनले कार्तिक देखि पानी र हिउँ नपर्नु र सिँचाइ सुविधा नभएको कारण बाली नै नउम्रेको र यसपाली गहुँ बीउ पनि उब्जनी गर्न नसकिने अबस्था रहेको बताए।

सर्केगाड ७ रोडिकोटका स्थानिय धर्मराज शाहीका अनुसार बिगतका बर्ष उम्रिएको उवा र गहुँ हिउँले छोपेर रहेको हुन्थ्यो यस वर्ष हालसम्म हिमपात नभएपछि खडेरीको अवस्था आइलागेको हो ।

भिरालो जमिन र त्यसमाथि खडेरीले गर्दा अलि अलि उम्रिएको गहुँ पनि सुक्न थालेको र  यस वर्ष भोकमरी हुन सक्ने सम्भावना रहेको छ। जेठासी बाली उम्रिँदैन कि भन्ने चिन्ता व्यक्त गर्दै उम्रेको बाली पनि सुक्न थालेपछि यस बर्ष उत्पादनको आशा मरेको सर्केगाड ५ गोठिका  वडा अधक्ष दल बहादुर सिंह ले चिन्ता व्यक्त गरेका छन्।

भिरालो जमिन र सिँचाइ सुविधा नभयकै  कारण जिल्लाका थोरै गाउँबाहेक सबै ठाँउमा येस्तै समस्या रहेको सर्केगाड गाउँपालिकाका कृषि शाखाका प्रमुख धनबिर बुढाले बताए।

यो बर्ष हुम्लाको सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्ला भरिनै खडेरीका कारण हिउँदे बालिको अवस्था उस्तै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *