राजनीतिसमाचार

डा.केसी र सरकार रसहमति नजिक

Share

काठमाडौं । सरकार र २५ दिनदेखि अनसनसत डा गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षासचिव गोपी मैनाली र डा जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा। केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ । कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताउन चाहेका छैनन् ।

सरकारी वार्ता टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने, निकै सकारात्मक छलफल भएको छ । छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि सहमति खोज्छौं ।’डा क्षेत्री नेतृत्वको वार्ता टोलीले डा। केसीलाई भेटेर मन्त्रालयमा भएका छलफलबारे ब्रिफिङ गरिसकेको छ । डा। केसीले भने भन्ने बाहिर ल्याइएको छैन ।तर भोलि सरकार र डा केसीबीच सहमति हुने सम्भावना रहेको शिक्षामन्त्रालयसवद्ध स्रोतले बताएको छ ।

केसीले ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको चन्दननाथ(६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए । ८ औं दिनमा काठमाडौं आएका उनले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिएका छन् । डा केसीको अनसनको २४औं दिनमा सरकारले वार्ता टोली बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *