प्रदेश समाचारफिचरसमाचार

सल्लि खोलामा बन्यो पक्की मोटरएवल पुल

Share

हुम्ला । उत्तरी नाम्खा गाउँपालिकाको सल्लीखोलामा पक्की मोटरएवल पुल निर्माण गरिएको छ। साढे ६ वर्षपछि सल्लीखोलामा मोटर गुड्ने पक्की पुल निर्माण भएको हो।


हिल्सा–सिमकोट सडक योजना कार्यालयबाट सदरमुकाम सिमकोटबाट उत्तरी हिल्सा नाकासम्म पुग्ने चारवटा पुल निर्माणाधीन अवस्थामा थिए।
हिमपात,कोराना महामारी सामान ढुवानी गर्न समस्या भएपछि, पुल निर्माण ढिलाइ भएको स्वच्छन्द कांग्री जेबी प्रोपाइटर छिरिङ लामाले जानकारी दिए।
०७४ साल साउन ६ गते सम्झौता गरिएको र कोराना महामारी, हिमपातले सामान ढुवानीले तोकिएको मितिमा निर्माण सम्पन्न गर्न नसकिएको ठेकेदार लामाले बताए।
२९ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल साढे ६ वर्षपछि निर्माण भएको हिल्सा–सिमकोट योजना कार्यालयका निमित कार्यालय प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए। उनका अनुसार नौ करोड ३५ लाख ९२ हजार तीन सय ६१ लागतमा सल्लीखोलामा पुल निर्माण भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *