पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र विकल पौडेल पक्राउ
काठमाण्डौ । नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।


गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेल र सुनिल पौडेललाई पक्राउ गरेको हो ।
दुवै जनामाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको छ । त्यही सिलसिलामा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । अख्तियार स्रोतले भन्यो पटकपटक बोलाउँदा नआएपछि उनीहरुमाथि निगरानी बढाइएको थियो आज पक्राउ गरिएको हो ।
अख्तियार ले दुबैजनालाई भोलि अदालतमा उपस्थित गराउने भयको छ।