प्रदेश समाचारफिचरसमाचार

वीरेन्द्रनगरमा लागुऔषध सहित ३ जना पक्राउ

Share

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ४ गैरी टोलमा लागुऔषध ब्राउनसुगरको कारोवार गरिरहेका तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहिबार दिउँसो लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा उनिहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका वडा नं। ४ गैरी टोल बस्ने अविशेक बस्याल, सोहि ठाउँमा बस्ने बर्ष १८ का अनिस बस्याल र वर्ष १८ की एलिना बस्याल रहेका छन् ।

उनिहरूबाट शुद्ध २ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर धुलो पदार्थ फेला परेको थियो । उनिहरू तिनै जनालाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सुर्खेत जिल्ला अदालतबाट म्याद थप भईसकेको सुर्खेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *