खेलकुदफिचरसमाचार

यु१९ क्रिकेट अभ्यास खेलमा नेपालसँग स्कटल्याण्ड पराजित

Share

नेपाली यु१९ क्रिकेट टोलिले अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराएको छ ।

जितको लागि २ सय ८५ रनको विशाल विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । स्कटल्याण्डका उजैर अहमदले सबै भन्दा धेरै २८ र खानले २४ रन वनाए । नेपालका तिलक राज भण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए ।

त्यसअघि नेपालि युबा टिमले ४९.२ ओभरमा २ सय ८४ रनमा अल आउट भएको थियो । नेपालका लागि गुलशनले १ सय १५ बलमा १ सय १४ रनको शतकिय इनिङ खेले । दिपक बोहराले ५४ बलमा ५८ रनमा अविजित रहे ।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

विश्वकप अघि नेपालले बिभिन्न टिम संग अभ्यास खेलहरु खेल्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *