प्रदेश समाचारफिचरराजनीतिविजनेससमाचार

सुर्खेत उद्योग बाणिज्य संघका महासचिव एवम् प्रवत्ता भद्र भण्डारीलाई ज्यान मार्ने धम्की

Share

सुर्खेत । कर्णाली एक्सपो तेस्रो संकरणको विषयलाई लिएर सुर्खेत उद्योग बाणिज्य संघका महासचिव एवम् प्रवत्ता भद्र भण्डारीलाई ज्यान मार्ने धम्की आएको छ ।

यहि माघ २६ गतेबाट सुर्खेतमा सुरु हुँने कर्णाली एक्सपो तेस्रो संस्करणको विषयलाई लिएर फोन मेसेजबाट ज्यान मार्ने धम्की आएको महासचिव भण्डारीले बताएका छन् । कर्णाली मिडियासंग कुरा गर्दै उनले भने, ूफोन नम्बरको मेसेजमा कर्णाली एक्सपो संचालनमा बाधा पुर्याउने र मलाई तथा मेरो परिवारमाथि आक्रमण गर्ने भनेर मेसेज आएको छ ।

महासचिव भण्डारीलाई बिहिबार राती अपरिचित नम्बरबाट आएको धम्कीको विषयलाई लिएर सुर्खेत उद्योग बाणिज्य संघले विज्ञप्ती निकालेको छ । धम्की दिने व्यक्तिलाई यथाशक्य खोजी गर्दै कानुनी दायरामा ल्याउन र महासचिवलाई सुरक्षा प्रदान गर्न प्रशासन समक्ष विज्ञप्ती मार्फत सुर्खेत उद्योग बाणिज्य संघले अनुरोघ पनि गरेको छ । यस्तै कर्णाली अटोमोवाइल्स एशोसिएसन कर्णाली प्रदेशले पनि विज्ञप्ती निकाल्दै निजको सुरक्षाको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *