सुर्खेत बाट आफ्नै छोराको हत्या गरेर भागेका बुवा पक्राउ
सुर्खेत – छोराको हत्या गरेर भारततर्फ भाग्दै गरेका सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।

पञ्चपुरी नगरपालिका–६ कुवापानीका नयाँराम बुढाले १८ वर्षीय छोरा भरत बुढाको सोमबार राति घर नजिकै हत्या गरेका थिए। प्रहरीसँगको प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराको हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरीका अनुसार भारततर्फ भाग्दै गरेका नयाँराम कैलालीको टीकापुर नगरपालिका–१ को लम्कीपुर नजिकैबाट समातिएका हुन।
प्रहरिका अनुसार उनि मिलापत्रका लागि बोलाएकालले भारत बाट आयको र घरभित्र पस्दा छोरा–छोरीले कुटपिट गर्ने डरले बाहिरै लुकेर बसिरहेका बेला उनीहरु बाहिर निस्केको र त्यहीँ बेला बुढाले बन्चरो र हसियाँले आक्रमण गरेको जनायको छ।