फिचरसमाचार

मुगुको तातोपानी कुण्डमा नुहाउनेको भिड

Share

मुगु । जाडो बढेसँगै कर्णाली नदी किनारमा रहेको तातोपानी कुण्डमा नुहाउनेको भिड लागेको छ । घरका धारादेखि खोलासम्मको पानी जमेर नुहाउन, कपडा धुन कठिनाइ भएसँगै तातोपानी कुण्डमा नुहाउन जानेको भिड बढेको हो ।

छायानाथ रारा नगरपालिकाको रुगा भुसेकुना र सोरु गाउँपालिको जिमा कुलाहा र हुम्ला सर्केगार्ड गाउँपालिको हुम्ला चंखेली गाउँपालिकाको सरिसल्ला तातोपानी कुण्डमा नुहाउन सर्वसाधारणको भिड लाग्ने गरेको छ । जाडो बढेसँगै रुगा, थार्प, इमा, निगाले हेन्निकाँध, श्रीनगर र भामबाडा गाउँका बासिन्दा पनि नुहाउनकै लागि तातोपानी कुण्डमा पुग्ने गरेको थार्पका रामलाल बोहोराले जनाए ।

यहाँको तातोपानी कुण्डमा विशेषगरी माघे संक्रान्तिका दिन चहलपहल बढी हुने गर्छ । जमिनमुनिबाट निस्कने बाफिलो र नुनिलो तातो पानीमा नुहाउँदा शरीर दुख्ने रोग, शरीर चिलाउने, अनुहारमा देखिने दादलगायत रोग निको हुने जनविश्वास छ । यहाँ पुस र माघ महिनामा मानिसको चहलपहल बढी हुने सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीको भनाइ छ ।

गर्मीमा सुनसान देखिने तातोपानी कुण्डहरु जाडो बढेसँगै सर्वसाधारण भरिभराउ हुन थालेका हुन् । तातोपानी कुण्डमा नुहाउन आएका सर्वसाधारणले देउडा खेलेर रमाइलो पनि गर्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *