भारतले गर्यो अफगानिस्तान विरूद्धको टी-२० सिरिज क्लिनस्विप
काठमाडौं । भारतले अफगानिस्तान विरूद्धको टी-२० सिरिजमा क्लिनस्विप गरेको छ। बुधबार बेंगलुरूमा भएको सिरिजको तेस्रो खेलमा दोस्रो सुपर ओभरमा जित निकाल्दै भारतले सिरिज क्लिनस्विप गरेको हो।

पहिलो सुपरओभर समेत बराबरी भएपछि रोमाञ्चक मोडमा पुगेको खेलमा भारतले दोस्रो सुपरओभरमा जित निकाल्यो।
भारतले ४ विकेट गुमाएर २१२ बनाएको खेलमा अफगानिस्तानले पनि ६ विकेट गुमाएर २१२ रन जोडेपछि सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपरओभरमा अफगानिस्तानले १६ रन बनाएर १७ रनको लक्ष्य पछ्याएको भारतले पनि १६ रन नै बनाएपछि दोस्रो सुपरओभर खेलाइएको थियो।
त्यस्तै दोस्रो सुरपर ओभरमा भारतले अफगानिस्तान लाइ 12 रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
१२ रनको लक्ष्य पछ्याएको अफगानिस्ताले पहिलो बलमा विकेट गुमायो। मोहम्मद नाभी रवि बिस्नोईबाट आउट हुन पुगे। उनको स्थानमा करिम जानतले दोस्रो बलमा एक रन लिएर रमनुल्लाह गुर्बाजलाई स्ट्राइक दिए। बिस्नोईले गुर्बाजलाई तेस्रो बलमा पेभेलियन फर्काए।
त्यसपछि रन नबनेपछि भारतले दोस्रो सुपरओभरमा जित निकालेर सिरिज ३-० ले कब्जा गर्यो।