खेलकुदफिचरसमाचार

दोस्रो संस्करणको केपि ओलि कप फागुन ११ गते देखि १९ गते सम्म काठमाडौंमा आयोजना हुदै

Share

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्ने दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ गतेदेखि १९ गतेसम्म काठाडौंमा आयोजना हुने भयको छ ।  

प्रतियोतितामा नेपालका ए डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने जनाइएको छ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि भने मछिन्द्र क्लबले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *