राजनीतिसमाचार

कालिकोटबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वारमा कर्णालीका प्रथम मुख्यमन्त्री शाही सिफारिस

Share


सुर्खेत – आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेकपा माओवादी केन्द्र कालिकोटले प्रतिनिधि सभा सदस्यमा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा माओवादी (केन्द्र) का पोलिट व्यूरो सदस्य महेन्द्र बहादुर शाहीलाई सर्वसम्मत सिफारिस गरेको छ ।
पुर्व मुख्यमन्त्री शाहीलाई सर्वसम्मत सिफारिस गरे पनि बैकल्पिक उम्मेदवारको रुपमा बिष्णु बहादुर बस्वकर्मा, काशिचन्द्र बराल र लक्ष्मी प्रसाद चौलागाइलाई पनि सिफासि गरेको माओवादी केन्द्र जिल्ला कमिटि कालिकोटले जानकारी दिएको छ ।
कालिकोट जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक मात्रै रहेको छ भने प्रदेश सभामा दुइ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभा ‘क’ बाट प्रदेश सभा सदस्यकोे लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्ग बहादुर रावत सिफारिस भएका छन् भने प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व राष्ट्रिय सभा सदस्य जीवन बुढा सिफारिस भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *