संस्थागत विकास स्वमूल्यांकनमा खार्पुनाथ गाउँपालिका जिल्लाकै उत्कृष्ट
सिमकोट – स्थानीय तह संस्थागत विकास स्वमूल्यांकनमा ( लिजा) जिल्लाका सात वटा गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका उत्कृष्ट ठहरिएको छ। कार्यक्रमले निर्धारण गरेको सूचकका आधारमा गरिएको स्वमूल्यांकनमा सो गाउँपालिका उत्कृष्ट ठहरिएको हो।

खार्पुनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार कार्यक्रमले स्थानीय तह संस्थागत विकास स्वमूल्यांकन गर्दा साढे ९२ प्रतिशत अंक ल्याएर जिल्लामै पहिलो भएको छ।
त्यसैगरी, ९२ प्रतिशत अंक ल्याएर अदानचुली गाउँपालिका द्वितीय भएको छ भने ८८ दशमलव ७५ अंक ल्याएर ताँजाकोट गाउँपालिका तृतीय भएको छ।
नाम्खा गाउँपालिकाले ८० दशमलव ७५ प्रतिशत, सिमकोट गाउँपालिकाले ७७ दशमलव ७५ प्रतिशत, चंखेली र सर्केगार्ड गाउँपालिका समान ७१ प्रतिशत अंकभार ल्याएका छन्। उनले लिजाले मुख्य दश वटा सूचकलाई आधार बनाएर ९० वटा उपसूचकले स्थानीय तहको संस्थागत विकासको स्वमूल्यांकन गर्दा खार्पुनाथ उत्कृष्ट भएको बताए।
उनले स्थानीय तहलाई व्यवस्थित रुपमा अगाडि बढाउन यो प्रणाली आवश्यक रहेको बताए। मुख्यगरी स्थानीय तहको सुशासन, आर्थिक पारदर्शिता, संस्थागत क्षमता विकास, रिपोर्टिङ प्रणाली, जनशक्ति व्यवस्था बजेट विनियोजित प्रणालीलगायत सूचकलाई आधार मानेर मूल्यांकन गरिएको हो। उक्त मूल्यांकन ०७९/८० मा स्थानीय तहले सम्पादन गरेका कामको आधारमा गरिएको हो।
श्रोत – देशसञ्चार डटकम