अन्तराष्ट्रियखेलकुदफिचरसमाचार

लियोनल मेसिले जिते तेस्रो पटक उत्कृष्ट बर्ष खेलाडीको अवार्ड

Share

काठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् ।

मंगलबार बिहान लन्डनमा सम्पन्न अवार्डमा आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् ।

यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे ।

मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।

मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका अधारमा विजेता घोषणा गरिएको हो ।

मेसी ले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए । यसैगरी महिला तर्फ आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *