राजनीतिसमाचार

गठबन्धनको बैठकमा जान छाडे गगन

Share


काठमाण्डाै – सभापति शेरबहादुर देउवामाथि दबाब बनाउन कांग्रेस महामन्त्री गगन थापाले गठबन्धनको बैठक बहिष्कारको नीति अंगीकार गरेका छन् । बन्दसूचीमा आफ्नो समूह नसमेटिएको भन्दै असन्तुष्ट उनले गठबन्धनकै बैठकमा जान छाडेका हुन् । ‘पछिल्लो चार दिनदेखि उहाँ गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन । आफ्नो समूहलाई पेलेरै जाने अवस्था देखेपछि बैठकमा सहभागी हुनुभएको छैन,’ एक कांग्रेस नेताले भने । केही समयअघि डेंगु संक्रमणका कारण महामन्त्री थापा गठबन्धन बैठकमा सहभागी भएका थिएनन् । पछिल्लो समय संक्रमणमुक्त भएपनि उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् । तर, गठबन्धनको बैठकमा सहभागी हुने गरेका छैनन् । ‘गठबन्धनमा उहाँको खोजी भइरहेको छ, तर बैठकमा सहभागी हुनुभएको छैन,’ ती नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *