सन्दिप लामिछानेलाइ क्यानले गर्यो लिनम्बन
काठमाडौं । नेपाल क्रीकेट संघ क्यानले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले अजा उनलाई निलम्बन गरेको हो ।

क्यानले आज एक बिज्ञप्ति निकाल्दै लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।
सन्दिप लामिछानेले भने हिजो मात्रै नेपाल क्रीकेट संघ बाट अलग भयको र आफ्नो मुद्दाको छिनोफानो नहुदा सम्म कुनै पनि खेलमा सङ्लग्न नहुने भन्दै क्यानलाइ पत्र लेखेर पठाएका थिय।
यता लामिछानेका ओकिल हरु जिल्ला अदालतको फैसला चित्त नबुझेको भन्दै उच्च अदालर जाने तयारिमा छन यदि उच्च अदालतको फैसला सन्दिपको पक्षमा आयको खण्डमा भने फेरि उनले नेपाल क्रीकेटमा पुनरआगमन गर्ने छन।