फिचरराजनीतिसमाचार

रबि लामिछाने र चिनिया राजदुत बिच भेट बार्ता

Share

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच आज राष्ट्रिय स्वोतन्त्र पार्टीको पार्टी  कार्यालय वनस्थलीमा भेट बार्ता भयको छ ।

भेटघाटमा रास्वपाले सम्पन्न गरेको ३ दिने दबाब यात्रा चाइनिज कम्पनिले ठेक्का लियको  (पूर्व-पश्चिम) राजमार्ग अन्तर्गत

नारायणगढ-बुटवल सडक खण्डको स्तरोन्नतिमा भइरहेको ढिलासुस्ती र अहिले यात्रा क्रममा नागरिकले खेप्नु परेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउने विषयमा कुरा भएको बताइएको छ।

उक्त भेटमा रास्वपाकै  प्रतिनिधि सभा सदस्य तथा उक्त पार्टीका

  अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल,  प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगी लगायत नेता हरुको पनि सहभागिता रहेको जनाइएको छ। 

आयोजनामा थप ढिलाइ हुन नदि छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत साेङले प्रतिबद्धता जनायको रास्वपाले बतायको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *