फिचरसमाचार

रामबहादुर बमजनलाई थुनामा पठाउन आदेस

Share

सर्लाही ।  तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। 

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। 

उनकाअनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका थिए। प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। अदालतमा बमजनले १२-१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

अब उनलाइ थुनामा राखेर अनुसन्धान सुरु हुनेछ। उनिमाथि बलत्कार यौनदुरुपयोग र मानिस बेपत्ता पारेको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *