प्रदेश समाचारफिचरसमाचार

जहाज आउने आशामै सुत्केरिले गुमाइन ज्यान

Share

हुम्ला । नेपालगन्जको जहाज प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीया सुत्केरी अंशु बुढाको ज्यान गएको छ। 

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो।

गत पुस  १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए। 

सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको

सुत्केरिका ससुरा जितबहादुरले जानाकारी दिए। 

जितबहादुरले भने सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठीकै थियो। एक्कासि बुहारीलाई ज्वरो आउने टाउको दुख्ने समस्या देखियो। उपचारका लागि मदना स्वास्थ्यचौकी लगियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरे।

नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको बुढाले बताए। कोल्टी प्राथमिक स्वास्थ्य  केन्द्रका डाक्टर रन्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएकाे हाे।  

 दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न  राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाउनु परेको हो।

अहिले सम्म पनि राष्ट्रिय सडक सन्जालले छुन नसकेको हुम्ला जिलाका जनताका लागि येस्ता घटना सामान्य बन्दै गयका छन । पावर र पहुजका भरमा आफ्ना लागि मन लाग्दि राज्यको ढुकुटी बाट उद्घाटन सिलान्यास गर्न हेलिकप्टर सवार गर्ने तेहि ठाँउका जनप्रतिनिधि हरु भने जनतालाइ येस्ता समस्या पर्दा गुपचुप बस्ने गरेका छन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *