हुम्लामा तुइनबाट खसेर एकजना बेपत्ता
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका -२ रिपमा तुइन तर्ने क्रममा कर्णाली नदि मा खसेर एक जना बेपत्ता भएका छन। बेपत्ता हुनेमा मुगुको सोरुगाउँ पालिका- ५ नेर गाउँका ३८ वार्षिय मकर सिंह नेपाली बेपत्ता भएका हुन् ।

उनी कर्णाली कोरिडोरको ग्युसी छारे खण्डमा मज्दुरको रुपमा काम गर्दै आएका थिए। शनिबार काम सकेर बासस्थान तिर जाँदै गर्दा तुइनबाट खसेर बेपत्ता भएका हुन्।
उनको तिब्र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकरी दिएको छ।